Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २४, २०८१
|
|
४९ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।
  • बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
  • आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यस प्रस्तावलाई आज अनुमोदनको लागि पेस गरिने कार्यसूची समेत रहेको छ।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेस गर्ने छन् भने विनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन्।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ माथि छलफलका लागि प्रस्ताव पेस गर्दै छिन भने उनले यस प्रस्तावलाई पारित गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीछन् : मेयर महर्जन
रास्वपा केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक सुरु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय: राष्ट्रपति पौडेल
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल
चारदेशीय टी-२०; ललितले लिए एकै ओ‌भरमा दुई विकेट, पानी परेपछि रोकियो खेल