प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) प्रतिनिधि सभामा बोल्दैछन् ।
  • तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहनेछन् ।
  • सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो ।

 

२७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) प्रतिनिधि सभामा बोल्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहनेछन् ।सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो ।

यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए । संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ’ प्रचण्डले भनेका थिए । प्रधानमन्त्री आउँदै छन् होला भनेर प्रचण्ड आफ्नो भनाइमा अगाडि बढेका थिए । तर, त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन् । सो समयमा प्रधानमन्त्री ओलीले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो ।

मंगलबार प्रचण्ड बोल्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित रहने भएका छन् । किनभने प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाने छन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक र शून्य समयपछि प्रचण्डले सम्बोधन गर्ने तयारी रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । त्यसपछि विशेष समयमा सांसदहरूले विभिन्न विषय उठाउनेछन् । यसका अलावा सभामा आमसञ्चार विधेयक अगाडि बढाउने कार्यक्रम छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका अलावा मंगलबार प्रतिनिधि सभामा उपभोक्ता अदालत गठनको सूचना संसदमा टेबुल गर्ने कार्यक्रम छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची छ । मंगलबार मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम पनि छ । प्रतिनिधि सभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन अनुमोदन गर्न सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २९ देखि पूरक परीक्षा हुने
साउन २९ देखि पूरक परीक्षा हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द हुने
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द हुने
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान