भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
७२ पटक हेरिएको
Shares
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित

सारांश

  • भारतीय नागरिकसँग घुस लिँदालिँदै रङ्गेहात नियन्त्रणमा परेका ओली निलम्बनमा परेका हुन्।
  • उनलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
  • प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो।

१० असोज ,झापा – झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्।

भारतीय नागरिकसँग घुस लिँदालिँदै रङ्गेहात नियन्त्रणमा परेका ओली निलम्बनमा परेका हुन्। उनलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो। आयोगको इटहरीले कार्यालयले ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो। वडाध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार रुपैयाँ घुस लिँदा लिँदै रङ्गेहात विप्लवका कार्यकर्ताको नियन्त्रणमा परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भइ आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माले जनाएका छन्। सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडाध्यक्ष ओलीलाई निलम्बन गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना
काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
कारको ठक्करबाट बालकको मृ*त्यु
कारको ठक्करबाट बालकको मृ*त्यु
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल