एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य

सारांश

  • एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई १ सय ३९ रनमा अलआउट गरेको छ।
  •   मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनायो ।
  • सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।

८ असार, काठमाडौं ।

एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई १ सय ३९ रनमा अलआउट गरेको छ।  मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुरलाई एक सय ३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी  सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा  सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
२४ घण्टामा ४३ हजारले छाडे काठमाडौं, सडकमा गाडीको चाप
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
भूकम्पः सिन्धुपाल्चोकको फुल्पिङकट्टी प्रहरी चौकीमा क्षति
भूकम्पः सिन्धुपाल्चोकको फुल्पिङकट्टी प्रहरी चौकीमा क्षति
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो
सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो