सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सन्दीपको अमेरिका यात्रा आउँदो साता मात्र निश्चित हुने

सारांश

  • वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ ।
  • सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसिसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ ।
  • नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन् ।

 

१२ जेठ, काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ ।

सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसिसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन् । उनी अदालतको कानुनी प्रक्रियामा रहेकाले समावेश नगरिएका हुन् । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपलाई विश्वकपको स्क्वाडमा समावेश गर्नका लागि क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ । आइसिसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरू अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा परेका छन् भने राजनीतिक भेटघाटका लागि व्यस्त भए पनि कुनै सकारात्मक सन्देश भने पाइसकेका छैनन् । जसका कारण क्यानले आइसिसीलाई पत्राचार गर्दै आज नेपालले अन्तिम १४ जनाको टिम सार्वजनिक गर्ने र केही समय अर्थात् जुन २ सम्मको समय दिन माग गरेको हो ।

क्यान स्रोतका अनुसार आज १४ जनाको खेलाडी लिस्ट सार्वजनिक हुने छ भने यदि सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ ।  उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप अमेरिका जाने तयारीमा रहेका थिए । सफाइ पाएको भोलिपल्टै क्यान पुगेर कागजी प्रक्रिया अघि बढाउन आग्रह गर्दासम्म आफूसँग अझै  २ वर्षको भिसा भएको भन्दै जाने कुरामा ढुक्क देखिएका थिए । तर, जाने तयारीमा रहेका बेला सन्दीपको  यसअघिको भिसा रद्द भएको इमेल पाएपछि भने छाँगाबाट खसेको जस्तै भएर पुनः नयाँ प्रक्रिया सुरु गरेका थिए ।

नयाँ प्रक्रिया अनुसार उनले आवेदन गर्दा दूतावासबाट भिसा रिजेक्टमा परेपछि अहिले नेपाल क्रिकेट संघ क्यान र सरकारले पहल थालेका कुराहरु पनि सार्वजनिक भएका छन् । यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, युवा तथा खेलकुदमन्त्री र राखेपले सहजीकरण गरिरहेको बताइएको छ । खेलकुदबाट सिफारिस भएर परराष्ट्रमा कूटनीतिक नोट बनाउनका लागि आग्रह गरिए पनि अझै नोट तयार भने नभएको परराष्ट्र स्रोतले बताएको छ । जसका कारण सन्दीपको भिसा प्रक्रिया अन्योलमै रहेका बेला सामाजिक सञ्जाल प्रयोगकर्ता भने सन्दीपको भिसा लागेको खबर प्रकाशित गरेकोमा सन्दीप निकट व्यक्तिहरूले आपत्ति जनाएका छन् ।

अमेरिकी दूतावास शनिबार र आइतबार बिदा हुने भएकाले नयाँ जे जति प्रक्रिया अघि बढाउने विषय सोमबार मात्रै तय हुने छ । परराष्ट्रका अधिकारीहरूले पहिलो दूतावाससँग समन्वय गरेर भिसा दिने निश्चित गरेपछि मात्रै कूटनीतिक नोट बनाउने अवस्थामा रहेको स्रोतले जनाएको छ । नेपालले जुन ४ देखि आइसिसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
आज देशका अधिकांस भागमा मौसम सफा रहने
आज देशका अधिकांस भागमा मौसम सफा रहने
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान