सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
५९ पटक हेरिएको
Shares
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सारांश

  • सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ।
  • मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।
  • प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए।

३० पुस, रामेछाप ।

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए । उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। वडा अध्यक्ष भ्लोनका अनुसार लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरिएको छ। यद्यपि, हालसम्म कति रकम बरामद भएको हो भन्ने यकिन हुन सकेको छैन। बरामद सवारी साधन र रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ। लुटपाटमा संलग्न अन्य व्यक्ति भने जंगलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि व्यापक खोजतलास अभियान जारी रहेको प्रहरीले जनाएको छ। हतियारसहित बैंकमा प्रवेश गरी कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटपाट गरिएको यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
सडक यात्रापछि घरदैलोमा फर्किए बालेन
राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने
राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी
अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध