Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

सारांश

  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् ।
  • कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।
  • ‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ ।

२७ भदौ, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् । कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् । ‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ ।

तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसे,’ कलमबहादुरले बताए । उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेका मध्ये दुई जना मात्र लुटपाटमा परेका हुन् । भारतमा मजदुरी गर्न गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै घटनामा परेका हुन् । लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको छ । प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
महाधिवेशन तयारीसहित रास्वपाको विस्तारित बैठक सौराहामा
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै