साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाने भएकी छन् ।
  • पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ ।
  • उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

 

५ जेठ, काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाने भएकी छन् ।पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ । उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

‘भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका बन्दैछ,’ स्रोतले भन्यो । भ्रमणका क्रममा मानसरोवर भ्रमण गर्नेदेखि बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ । गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?