ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एकको मृत्यु, दुई जना घाइते 

सारांश

  •  मोरङको विराटनगरमा मालवाहक ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
  • शुक्रवार साँझ विराटनगर–१४ भन्सार संयुक्त्त जाँचचौकी जाने सडकमा भन्सार जाँचपास भएर उत्तरतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको भारतीय ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्र.
  • १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो ।

 

२० पुस, मोरङ । मोरङको विराटनगरमा मालवाहक ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रवार साँझ विराटनगर–१४ भन्सार संयुक्त्त जाँचचौकी जाने सडकमा भन्सार जाँचपास भएर उत्तरतर्फ आउँदै गरेको जेएच १५ जे ७१०३ नम्बरको भारतीय ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकास कुमार यादव घाइते भएका छन् । घाइतेको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतबाट कोईला बोकेर नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक मोटरसाइकलाई ठक्कर दिएपछि सडकको बायाँ साईडमा पल्टिएको छ । दुर्घटनापछि ट्रक चालक फरार भएकोले उनको खोजी कार्य भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?