सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सारांश
- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
- आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
२७ साउन, काठमाडौँ ।
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९२.९४ अमेरिकी डलर र चाँदी ६५.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया