महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु

सारांश

  • भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा बिहारको मुजफ्फरपुरमा शनिबार भएको जिप दुर्घटनामा पाँच जना नेपालीको मृत्यु भएको छ।
  • मृतक सबै एकै परिवारका रहेको बताइएको छ भने दुर्घटनामा चार जना घाइते भएका छन्।
  • शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिर नजिकै भएको दुर्घटनामा स्कार्पियो जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्कर ले जनाएको छ।

१९ माघ, काठमाडौं ।

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा बिहारको मुजफ्फरपुरमा शनिबार भएको जिप दुर्घटनामा पाँच जना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारका रहेको बताइएको छ भने दुर्घटनामा चार जना घाइते भएका छन्।

शनिबार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिर नजिकै भएको दुर्घटनामा स्कार्पियो जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्कर ले जनाएको छ। दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालकको मृत्यु भएको छ।

घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर तथा एक जना अज्ञात व्यक्ति घाइते भएका छन्। घाइतेहरूमध्ये मनोहर ठाकुर नेपाल प्रहरीका जवान रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि मुजफ्फरपुरस्थित एसकेएमसीएच अस्पतालमा लगिएको छ।प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको जिपले मोटरसाइकललाई जोगाउने क्रममा नियन्त्रण गुमाई दुर्घटना भएको हो।

घटनास्थलमा जिपले पाँच पटक बल्ड्याङ खाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दैनिक भाष्कर का अनुसार मृतक र घाइतेहरू सबै जनकपुरका बासिन्दा हुन्। उनीहरू महाकुम्भमा स्नान गरेर अयोध्या र वाराणसी पुगेपछि घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

नेपालको धनुषा जिल्ला प्रशासन कार्यालयले दुर्घटनाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। महोत्तरी प्रशासनले समेत घटनाबारे पुष्टि हुन बाँकी रहेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मनकामना केबलकार आज र भोलि बन्द
मनकामना केबलकार आज र भोलि बन्द
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग