मलंगवा सबस्टेसनमा पानी पसेपछि १० पालिकामा विद्युत् अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ११, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
मलंगवा सबस्टेसनमा पानी पसेपछि १० पालिकामा विद्युत् अवरुद्ध

सारांश

  • अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
  • नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।
  • लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर सौरभ साहले बताए ।

११ असोज, सर्लाही । अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।

लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर सौरभ साहले बताए ।

उनका अनुसार सबस्टेसन क्षेत्र अझै जलमग्न रहेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न सकिने अवस्था छैन । मोटर पम्पमार्फत पानी निकाल्ने काम भइरहेको छ । पानीको सतह घटेपछि प्राविधिक परीक्षण गरेर मात्र विद्युत् आपूर्ति पुन: सञ्चालन गरिने उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका प्रमुख माधवेन्द्र यादवले पानी निकासको काम तीव्र रूपमा भइरहेको बताए । उनका अनुसार सबस्टेसन परिसरको पर्खालमा प्वाल पारेर पानी बाहिर निकाल्ने प्रयास गरिएको छ । बाहिरी नाला जाम भएकाले पानी निकासमा केही समस्या भएको उनले बताए ।

‘कन्ट्रोल रुमबाट पानी हटाइसकिएको छ । अहिले पंखा चलाएर उपकरण सुकाउने काम भइरहेको छ’, यादवले भने, ‘प्राविधिक परीक्षण गरेर अबको दुईदेखि तीन घण्टाभित्र विद्युत् सेवा पुन: सुचारु हुन सक्छ ।’

विद्युत् सेवा अवरुद्ध भएपछि मलंगवासहित १० स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन् । प्राधिकरणले पानीको निकास र प्राविधिक परीक्षणपछि सेवा पुन: सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील