मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

सारांश

  • मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
  • यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।
  • प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ ।

४ असोज, जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै छ ।मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ । जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरूबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए ।अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज चार वटा संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दै
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
हेटौंडाका ३० घर डुबानमा, १४१ घरधुरी प्रभावित
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय