दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ ।
  • उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ ।
  • एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् ।

१ मंसिर, काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ ।

एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : बालेन
जातीय विभेदमा संलग्नलाई कानूनी कारबाही गर : मानव अधिकार आयोग
जातीय विभेदमा संलग्नलाई कानूनी कारबाही गर : मानव अधिकार आयोग
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा