नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण

सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।
  • आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।
  • जलविद्युत आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरु निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिनुभयो ।

 

१३ वैशाख, म्याग्दी,।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो । जलविद्युत आयोजनामा निर्माण हुने सम्पूर्ण भौतिक पूर्वाधारहरु निर्माण सकेर परीक्षण थालेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख महिनाभित्रमा विद्युत उत्पादन सुरु गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, ‘‘बाँधदेखि विद्युत गृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ । भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर विद्युत परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।” निर्माण कम्पनीले खोप्रालेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी डसेण्डर, रेलेखर्कमा विद्युतगृह निर्माण र बाँधदेखि विद्युत गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको आयोजनाका जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।

रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । पाँच सय पाँच मिटर माथिबाट विद्यृतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो । अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।  एक अर्ब २० करोड लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?