Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
१४२ पटक हेरिएको
Shares
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी

सारांश

  • जिल्ला प्रहरी कार्यालयले शनिवार प्रेस विज्ञप्तिमार्फत चालिस बिघा क्षेत्रफलमा फैलिएको करिब दुई लाख बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिएको छ ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान क्षेत्रमा पुगेर अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
  •   अन्य बाली खासै उत्पादन नहुने चुरे क्षेत्रका स्थानीय बासिन्दाले जीविकोपार्जनका लागि लामो समयदेखि गाँजा खेतीलाई आम्दानीको मुख्य आधार बनाउँदै आएका छन् ।

 

सर्लाहीको चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका–१४ को माइस्थान आसपासका क्षेत्रमा प्रहरीले संयुक्त रुपमा करिब चालिस बिघा क्षेत्रफलमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयले शनिवार प्रेस विज्ञप्तिमार्फत चालिस बिघा क्षेत्रफलमा फैलिएको करिब दुई लाख बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान क्षेत्रमा पुगेर अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

 

अन्य बाली खासै उत्पादन नहुने चुरे क्षेत्रका स्थानीय बासिन्दाले जीविकोपार्जनका लागि लामो समयदेखि गाँजा खेतीलाई आम्दानीको मुख्य आधार बनाउँदै आएका छन् । कम लागतमा राम्रो आम्दानी हुने भएकाले यहाँका किसानहरू यसतर्फ आकर्षित हुँदै आएका भए पनि प्रचलित नेपाली कानुनले गाँजा खेती, उत्पादन तथा कारोबारलाई अवैध ठहर गरेको छ ।

यस कारण पछिल्लो समय सुरक्षा निकायले यस्ता अवैध खेतीविरुद्ध कडाइ बढाउँदै आएको छ । प्रहरीका अनुसार कानुन कार्यान्वयन र लागुऔषध नियन्त्रण अभियानअन्तर्गत चुरे भेगका दुर्गम बस्तीहरूमा पुगेर गाँजा फडानी तथा नष्ट गर्ने कार्य तीव्र पारिएको छ । स्थानीय तहमा वैकल्पिक आम्दानीका स्रोतको अभाव रहँदा गाँजा खेती फैलिँदै गएको देखिए पनि कानुनी व्यवस्थाअनुसार यस्ता गतिविधि रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
यूएईविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, आसिफले पूरा गरे शतक
यूएईविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, आसिफले पूरा गरे शतक
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
नेप्से परिसूचकमा निरन्तर गिरावट
नेप्से परिसूचकमा निरन्तर गिरावट