जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्याे

सारांश

  •   जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ।
  •   नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।
  •   यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन्।

२७ भदौ, काठमाडौं । 

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ।  नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।  यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन्। प्रदर्शनको पहिलो दिन १९ जना जेन-जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो।  यसैबीच जेन-जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो। जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्।  मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ घाइतेको उपचार जारी छ। यसैगरी ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना घाइतेको उपचार भइरहेको छ। त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २५ जना, नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मधेशमाथि धोका भयोः सोनल
मधेशमाथि धोका भयोः सोनल
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै