प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १९, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

सारांश

  • विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।
  •  दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

१९ जेठ, काठमाडौं ।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो । त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । उनीहरूले धारणा राखे पनि ।  विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् ।

बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ । आज पनि उनीहरूले सोही अडान दोहोर्‍याए । यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजेका थिए । तर विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?