सर्लाहीमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न प्रशासनको २३ बुँदे कार्ययोजना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
सर्लाहीमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न प्रशासनको २३ बुँदे कार्ययोजना

सारांश

  • जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारा कायम राख्न २३ बुँदे कार्ययोजना तयार गरेको छ।
  • हिजो मंगलबार प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष विजयराज सुवेदीको अध्यक्षतामा बसेको समन्वय बैठकले उक्त निर्णय गरेको हो।
  • बैठकमा सर्लाही क्षेत्र नं.

साउन २०, सर्लाही। जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारा कायम राख्न २३ बुँदे कार्ययोजना तयार गरेको छ। हिजो मंगलबार प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष विजयराज सुवेदीको अध्यक्षतामा बसेको समन्वय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रविन महतो, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा विभिन्न धर्मका धार्मिक अगुवाको सहभागिता रहेको थियो।

बैठकले हिन्दु, मुस्लिम तथा अन्य समुदायका पर्वहरूमा अधिकतम सामाजिक सद्भाव कायम राख्न आवश्यक समन्वय गर्ने, डिजे तथा अन्य साउण्ड सिस्टमको प्रयोगलाई नियमन गर्ने, सामाजिक सञ्जालमार्फत धर्म वा समुदायविरुद्ध फैलाइने द्वेषपूर्ण सामग्री नियन्त्रण गर्ने तथा उत्तेजक अभिव्यक्ति दिएर धार्मिक सद्भाव बिगार्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ।

यस्तै धार्मिक पर्वका बेला पटका तथा अन्य आतसबाजी सामग्रीको प्रयोग निषेध गर्ने, जुलुस तथा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने, लागूऔषध उत्पादन, ओसारपसार, बिक्री–वितरण र सेवनविरुद्ध कडा कारबाही गर्ने तथा जिल्लाभर सीसीटीभी जडान विस्तार गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

कार्ययोजनाअनुसार बन्द, हड्ताल, जुलुस वा सभाका क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थालाई नै वहन गराउने, चाडपर्वका बेला निस्किने फोहोर तथा पूजासामग्रीको उचित व्यवस्थापन गर्ने, धार्मिक सद्भाव खल्बल्याउने व्यक्तिहरूको पहिचान गरी आपराधिक अभिलेख जाँच गर्ने तथा धार्मिक स्थलहरूको नियमित अनुगमन गरिनेछ।

बैठकले सीमा नाकामा निगरानी बढाउने र तेस्रो मुलुकका शरणार्थीसम्बन्धी सूचना संकलन तथा अनुगमनलाई समेत प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रशासनले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा
चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते
तनहुँमा बस दुर्घटना: चालकको मृत्यु, यी हुन् घाइते