गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
२० पटक हेरिएको
Shares
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

सारांश

  • गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
  • जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय  हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिनुभयो ।

 

२२ साउन, ।गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय  हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिनुभयो ।

पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना बिक घाइते हुनुभएको हो । उहाँहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केशीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?