Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
८७ पटक हेरिएको
Shares
काठमाडौं टावरको निर्माण कामलाई निरन्तरता दिन उच्च अदालतको आदेश

सारांश

  • उच्च अदालतले काठमाडौं टावरको निर्माणको कामलाई निरन्तरता दिन आदेश दिएको छ।
  • लामो समयदेखि विवादमा रहेकाले जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
  • गत सोमबार (असार २३ गते) बसेको न्यायाधीश प्रकाश खरेलको इजलासले कामलाई निरन्तरता दिन आदेश दिएको हो।

२५ असार, काठमाडौं ।

उच्च अदालतले काठमाडौं टावरको निर्माणको कामलाई निरन्तरता दिन आदेश दिएको छ। लामो समयदेखि विवादमा रहेकाले जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। गत सोमबार (असार २३ गते) बसेको न्यायाधीश प्रकाश खरेलको इजलासले कामलाई निरन्तरता दिन आदेश दिएको हो।

‘नक्सा पासको २०७२ भदौ ६ गते र २०८१ असोज २८ गते को अनुमति र निर्णय यथावत कायम नै रहेको हुँदा सम्झौता बमोजिम भवन कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको,’ आदेशमा भनिएको छ।  महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण काम नगर्न भनेर २०८१ माघ ९ गते पत्र लेखेको थियो। त्‍यसलाई कार्यान्वयन नगर्न पनि आदेश जारी गरेको हो।

महानगरपालिका र स्वच्छन्दबीच टावर निर्माण गर्न २०७१ फागुन २२ मा सम्झौता भएको थियो। महानगरबाट २०७२ भदौ ६ मा भूमिगत २ तला सहित १२ तलाको व्यावसायिक भवन निर्माण गर्न भनेर नक्सा पास भएको थियो। त्यसपछि २०८१ असोज २८ मा महानगरबाट निर्माण कम्पनीलाई तल्ला थप गर्ने अनुमति दिएर १९ तले भवन निर्माण गर्ने अनुमति दिइएको थियो। त्यसअनुसार कम्पनीले २ करोड ३० लाख २ हजार १२८ रुपैयाँ दस्तुर दाखिल गराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा
बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध भ्रष्टाचार मुद्दा
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक