सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
९२ पटक हेरिएको
Shares
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान

सारांश

  • सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।
  • ५ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो ।
  • सोही आदेश अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

८ असोज, काठमाडौं ।

सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो । सोही आदेश अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।

कोषमा योगदान गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिकसँग आह्वान गरिएको छ । साथै, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत सहयोगका लागि आह्वान गरिएको छ । यस्तो आर्थिक सहायता योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने भएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको छ । साथै, क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । सरकारले पुनर्निर्माणका लागि अर्थमन्त्रीकाे नेतृत्वमा समिति गठन गरिसकेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोट : १० मजदुरको मृत्यु
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो