नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
सारांश
- बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।
- शुक्रबार भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रम्तेलले १२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
- अध्यका उम्मेदवार साधुराम नेपालीले ३१ मत मात्र प्राप्त गरे।

१९ माघ, काठमाडौं- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सम्बद्ध विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।

शुक्रबार भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट रम्तेलले १२७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। अध्यका उम्मेदवार साधुराम नेपालीले ३१ मत मात्र प्राप्त गरे। अर्का अध्यक्षका उम्मेदवार नेत्र चापागाईंले भने रम्तेललाई समर्थन गरेका थिए। उनी यसअघिका अध्यक्ष पनि हुन्। यस्तै उपाध्यक्षमा ओम नारायण महतो, भरत ढकाल, विशाल तिमिल्सिना, सुभाष न्यौपाने, सन्तोष नेपाली र मिना राई निर्वाचित भएका छन्। दोस्रो महाधिवेशनबाट महासचिवद्वयमा अनिलकुमार पटेल र आस्था नेपाली निर्वाचित भए। यसैगरी उपमहासचिवमा पशुपति ठाकुर, सचिवमा

टेकराज कडेल, सुजन गढ्तोला, रमेश देवकोटा (अभय) र कोषाध्यक्षमा सुरेन्द्र यादव निर्वाचित भएका छन्। दोस्रो महाधिवशनमा नेतृत्व चयनका लागि अध्यक्ष र महासचिवमा निर्वाचन गर्नु परेको थियो भने बाँकी पद सर्वसम्मत निर्वाचित गरिएको नवनिर्वाचित अध्यक्ष रम्तेलले जानकारी दिए। दोस्रो महाधिवेशनले संगठनको नाम पनि परिवर्तन गरेको छ। पहिले यस संगठनको नाम नेपाल समाजवादी विद्यार्थी युनियन थियो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएपछि डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

प्रतिक्रिया