सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

सारांश

  • सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
  • हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।
  • रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ ।

 

११ मंसिर, जनकपुर ।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो । रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ । सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ । रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ ।

रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो । रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको घोषणा गरेका थिए । भारतलगायत नेपालका विभिन्न स्थानहरुबाट महोत्सव हेर्न आएका भक्तजनहरु घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?