आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४६ पटक हेरिएको
Shares
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सारांश

  •   आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
  • अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ ।
  • अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

११ साउन, काठमाडौं । 

आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ । यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । लेखा समितिको बैठकमा ‘महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीसम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
प्रदेशमा संयुक्त सरकार बनाउन एमाले र नेकपाबीच तीन बुँदे सहमति
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
माओवादी केन्द्रले बनायो दुई कार्यदल
माओवादी केन्द्रले बनायो दुई कार्यदल
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला