बागमती होटलमा एक जना युवती मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बागमती होटलमा एक जना युवती मृत फेला

सारांश

  • कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
  • घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
  • पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ ।

 

१८ पुस, काठमाडौँको गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?