इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
इरानको इभिन जेलमा इजरायली आक्रमण : ७१ जनाको मृ*त्यु भएको पुष्टि

सारांश

  •   तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।
  • तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो ।
  • उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् ।

१५ असार, काठमाडौं । 

तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ । तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् । ‘इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ ।

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताउनुभयो । जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ । इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ । आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो । इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?