बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
२० पटक हेरिएको
Shares
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु

सारांश

  • बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
  • बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो ।
  • प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

१८ जेठ, काठमाडौं ।

बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बाराको आशिर्वाद अस्पताल कलैया लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बालिकालाई बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ । टिप्पर चालक बारा कलैया उपमहानगर-१८ का ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?