चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण

सारांश

  • काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
  • विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
  • उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।

२० असोज, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्। चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोथिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारको थियो ।

साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
बेंगलोर भागदौड प्रकरण : विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत