तोलामा ३ हजार १ सय बढ्यो सुन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
तोलामा ३ हजार १ सय बढ्यो सुन

सारांश

  • मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

२२ पुष, काठमाडौं ।

मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता घट्न थालेको सुन अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो । चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने