शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

सारांश

  •   शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा रु छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।
  • उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् ।
  • सङ्घीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो ।

८ वैशाख, कञ्चनपुर । 

शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा रु छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्याङ्की, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ ।

उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने
उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
रास्वपाले गर्यो संगठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
राष्ट्रपति पौडेल आज भक्तपुरमा स्थानीयको गुनासो सुन्ने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवा पक्राउको विरोधमा उत्रियो रास्वपा
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा