सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १२, २०८२
|
|
४७ पटक हेरिएको
Shares
मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या

सारांश

  • आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।
  • चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
  • “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।

१२ कात्तिक, मुस्ताङ ।

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ ”, प्रहरी नायब उपरीक्षक लामाले भने ।

मङ्गलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए । मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन् । मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
संविधान संशोधन कांग्रेस-एमालेको प्राथमिकतामा परेनः माधव नेपाल
संविधान संशोधन कांग्रेस-एमालेको प्राथमिकतामा परेनः माधव नेपाल
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल
अल्जेरियाविरुद्ध मेसीको दोस्रो गोल