सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

सारांश

  • सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् ।
  • सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे ।
  •   राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ ।

२० भदौ, काठमाडौँ ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे ।  राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ ।

अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन । सरकारले ल्याएको निजामती सेवा विधेयकले यसअघि अतिरिक्त सचिव राख्ने व्यवस्था गरेकोमा यो क्लस्टर समेत समावेश हुने अपेक्षा गरिएको थियो ।  तर, प्रतिनिधिसभाबाट पारित भएको अतिरिक्त सहसचिव राख्ने विधेयक राष्ट्रिय सभाले परिवर्तन गरेको छ । यसलाई प्रतिनिधिसभाले समेत स्वीकार गर्ने अवस्था देखिएको छ ।

पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण भनेर राजीनामा दिए पनि अब बढुवा हुनसक्ने ठाउँ नरहेको र कुरेर बस्दा कुलिङ पिरियडले अप्ठ्यारोमा पार्ने देखिएकोले अहिल्यै राजीनामा दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरूको अनुमान छ ।  ‘उहाँ क्षमतावान् व्यक्ति हुनुहुन्छ, अन्त पनि अवसर पाउने क्षमता राख्नुहुन्छ, निजामती विधेयक आएपछि राजीनामा दिँदा २ वर्षको कुलिङ पिरियड लाग्ने भएकोले अहिल्यै छोडौँ भन्ने लागेको हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?