बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
  • परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे ।

 

२५ माघ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे । ‘तीन जनालाई पक्राउ गरेका छौं ।

उनीहरुबाट केही सामानहरु पनि बरामद भएका छन्’ एसपी भट्टराईले  भने । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण बताएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?