गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १, २०८१
|
|
५४ पटक हेरिएको
Shares
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

सारांश

  • रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ ।
  • अख्तियारको टोलीले सोमवार राति प्रदेशिक अस्पतालमा छापामारी गरेको हो।
  • टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरी  लगेका छन् ।

१ असोज , रौतहट ।रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । Worldlink adsअख्तियारको टोलीले सोमवार राति प्रदेशिक अस्पतालमा छापामारी गरेको हो। टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरी  लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरी लगेको अस्पताल श्रोतले जनाएको छ। स्टोरमा रहेको उपकरण र औषधि बारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केही  बेर सोधपुछ गरेको थियो। अस्पताल विकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् । मधेश प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरुमा आपूर्ति गरेकोऔषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् । हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन सुरु गरेको छ। उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?