सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
६१९ पटक हेरिएको
Shares
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु

सारांश

  •           सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।
  • बालकको मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ करिब ६:३० बजे घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो।

१४ जेठ, सर्लाही ।         

सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। बालकको मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ करिब ६:३० बजे घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो। सर्पदंशबाट घाइते भएका बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचारकै क्रममा साँझ ७:५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। त्यसपछि आक्रोशित आफन्तजनले चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको जनाएको छ। प्रहरीका अनुसार राति करिब ९:५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता
ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन
वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्यूरोमा उजुरी
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित