सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
६३६ पटक हेरिएको
Shares
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु

सारांश

  •           सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।
  • बालकको मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ करिब ६:३० बजे घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो।

 

१४ जेठ, सर्लाही ।         

सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। बालकको मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय रवीन्द्र गिरीका छोरा आदित्य गिरीलाई बुधबार साँझ करिब ६:३० बजे घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो। सर्पदंशबाट घाइते भएका बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचारकै क्रममा साँझ ७:५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। त्यसपछि आक्रोशित आफन्तजनले चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको जनाएको छ। प्रहरीका अनुसार राति करिब ९:५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास
धनुषा अदालत अगाडि पीडित महिलाले गरिन् आ*त्मदा*ह प्रयास
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
लेक लागेर पर्यटकको मृत्यु   
लेक लागेर पर्यटकको मृत्यु   
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री