केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
२१६ पटक हेरिएको
Shares
केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति बन्न आवेदन दिएका १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
  •   मन्त्रालयले सोमबार संक्षिप्त सूची सार्वजनिक गर्दै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।
  • संक्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द संजेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने छन्।

१८ साउन, काठमाडौं ।

शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति बन्न आवेदन दिएका १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ।  मन्त्रालयले सोमबार संक्षिप्त सूची सार्वजनिक गर्दै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। संक्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द संजेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने छन्।

पोखरेल, पराजुली, लुइटेल, नकर्मी र श्रेष्ठलाई साउन २२ गते बिहान ८ बजे प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ। यस्तै, जोशी, बराल, संजेल, शर्मा र न्यौपानेलाई दिउँसो १ बजे मन्त्रालयमा बोलाइएको छ। मन्त्रालयका अनुसार प्रस्तुतीकरणको समय १५ मिनेट हुने र त्यसलगत्तै अन्तर्वार्ता हुनेछ।  आवेदकलाई तोकिएको समयभन्दा एक घण्टा अगावै सक्कल कागजातसहित उपस्थित हुन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले संक्षिप्त सूचीमा रहेका उम्मेदवारका सम्बन्धमा साउन २० गतेभित्र राय सुझाव उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको जनाएको छ।  उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार केयूको उपकुलपति पदका लागि ३५ जनाको आवेदन दिएका थिए। सरकारले अध्यादेशमार्फत उपकुलपतिबाट हटाएका अच्युत वाग्ले भने संक्षिप्त सूचीमै परेका छैनन्।  संक्षिप्त सूचीबाट अब तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस हुनेछ। त्यसमध्येबाट एक जना विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट गर्ने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो
सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन