एसियन गेम्स क्रिकेट : अफगानिस्तानविरुद्ध जितका लागि नेपालले पायो १०३ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
५४ पटक हेरिएको
Shares
एसियन गेम्स क्रिकेट : अफगानिस्तानविरुद्ध जितका लागि नेपालले पायो १०३ रनको लक्ष्य

सारांश

  • कुशल भुर्तेल र ललित राजवंशीको घातक बलिङमा जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले जितका लागि अफगानिस्तानबाट जितका लागि १ सय ३ रनको सामान्य लक्ष्य पाएको छ।
  • जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।
  • अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए।

९ असोज, काठमाडौं ।

कुशल भुर्तेल र ललित राजवंशीको घातक बलिङमा जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले जितका लागि अफगानिस्तानबाट जितका लागि १ सय ३ रनको सामान्य लक्ष्य पाएको छ।जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।

अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए। ललितले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे। अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जड्रानले समान ३० रन बनाए। नन्गेलिया खान १२ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?