सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सारांश

  • दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
  • लोडसेडिङको समयमा प्रयोग गरिएको उक्त लाइनको प्रिमियम महसुल नतिरेको कारण नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ७ गते कम्पनीको विद्युत सेवा विच्छेद गरेको थियो ।
  • पहिलो किस्ता बुझाएपछि मंगलबार साँझ कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।

२६ कात्तिक,  काठमाडौं ।

दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ । लोडसेडिङको समयमा प्रयोग गरिएको उक्त लाइनको प्रिमियम महसुल नतिरेको कारण नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ७ गते कम्पनीको विद्युत सेवा विच्छेद गरेको थियो । पहिलो किस्ता बुझाएपछि मंगलबार साँझ कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको महसुल तिरेको हो । कम्पनीको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ। यो रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, जसअन्तर्गत कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको हो । नेपाल विद्युत प्राधिकरणले यसअघि उद्योगी व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि पहल थालेको थियो । यसै प्रक्रियाअन्तर्गत सोनापुर मिनरल पहिलो कम्पनी बनेको छ, जसले बक्यौता रकम किस्ताबन्दीमा तिर्न थालेको हो ।

विद्युत लाइन पुनः जडान भएपछि सोनापुर मिनरलले उत्पादन गतिविधि नियमितरूपमा सञ्चालन गर्न पाउने भएको छ। प्राधिकरणका अधिकारीहरूले भनेका छन्, “महसुल तिर्ने प्रतिबद्धता देखाउने कम्पनीहरूसँग प्राधिकरण सहयोग गर्न तयार छ। सोनापुरले पहिलो किस्ता बुझाएर राम्रो उदाहरण पेश गरेको छ।” यससँगै अन्य उद्योगहरूलाई पनि आफ्ना बक्यौता रकम समयमै बुझाउन प्राधिकरणले पुनः आह्वान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै