सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो

सारांश

  • सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बलेनीघाटस्थित पवन मग्रातीका छोरा १४ वर्षीय प्रख्यात मग्रातीको शव शनिबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।
  •   शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदीमा बेपत्ता भएका थिए।
  • उनी बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबारदेखि नै खोजतलास सुरु गरेको थियो।

२१ भदौ, सिन्धुली :

दुई दिनदेखि सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बलेनीघाटस्थित पवन मग्रातीका छोरा १४ वर्षीय प्रख्यात मग्रातीको शव शनिबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो।  शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदीमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबारदेखि नै खोजतलास सुरु गरेको थियो।

विपद् व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको ९ जना गोताखोर सहितको टोलीले शनिवार बिहान घटना स्थलभन्दा करिब १५ मिटर तल २० फिट गहिराईबाट बालकको शव निकालिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म सिन्धुलीका प्रमुख (सशस्त्र प्रहरी नायब उपरीक्षक) सुवर्ण पोख्रेलले जानकारी दिए।  बालकको शव खोज्न सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा गोताखोर सहित सशस्त्र प्रहरीको १३ जना, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो। गोताखोरको टोलीले बालकको शव नदीबाट झिकी इलाका प्रहरी कार्यालय खुर्कोट समेतको रोहबरमा पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको समेत सशस्त्र प्रहरी नायब उपरीक्षक पोख्रेलको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित