रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।
  • न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी थियो ।
  • महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।

९ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए । यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली
काठमाडौंमा एक वृद्धा मृत फेला
काठमाडौंमा एक वृद्धा मृत फेला
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ