Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
५२ पटक हेरिएको
Shares
नेपाल आउँदै ब्राजिलियन विश्वविजेता कार्लोस

सारांश

  • ब्राजिलियन विश्वविजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्।
  • जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल भ्रमणमा आउने भएका हुन् ।
  • शनिबार भएको ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलका दौरान कार्लोस नेपाल आउने एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्टले जानकारी दिएको हो ।

 

२४ चैत,  काठमाडौं ।

ब्राजिलियन विश्वविजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा सहभागी हुन उनी नेपाल भ्रमणमा आउने भएका हुन् । शनिबार भएको ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेलका दौरान कार्लोस नेपाल आउने एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेज्मेन्टले जानकारी दिएको हो । उनी वैशाख पहिलो साता नेपाल आउनेछन्।

लेफ्टब्याकका रुपमा विश्वमै कहलिएका कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए । त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्। ब्राजिलबाट उनले तीन विश्वकप खेल्दै १२५ क्याप जितेका छन् भने १० गोल पनि गरेका छन् । आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले ३७२ खेलमा ४८ गोल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
एसीसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै