भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
३५१ पटक हेरिएको
Shares
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने

सारांश

  • संघीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि प्रारम्भ हुँदैछ ।
  • भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

२७ वैशाख, काठमाडौं ।

संघीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

गिरीका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४:०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान  छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ :४५  बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुने छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको  बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूचीको छ । यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत ८ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
सञ्चारमन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने
सञ्चारमन्त्री खरेल दक्षिण कोरिया भ्रमणमा जाने
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
कांग्रेसमा वैधानिकता विवाद: देउवा पक्ष पुगे निर्वाचन आयोग
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै