सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
२०९ पटक हेरिएको
Shares
सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

सारांश

  • सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो ।
  • भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।

१२ जेठ, काठमाडौं ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।

सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबिच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे । उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे । राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए । उनका अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
एक महिनामै नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल, सोधपुछका लागि प्रहरीले बोलायो
जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल, सोधपुछका लागि प्रहरीले बोलायो