सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
३९ पटक हेरिएको
Shares
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी

सारांश

  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भएर पनि हाजिर हुन नगएका चार सय कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • हालै स्वास्थ्य तथा जनसंख्यामन्त्रीले यस्तो निर्णय गरेका हुन्।
  • निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई चेतावनी पत्र पठाइसकिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख क्रषि आचार्यले बताए।

२९ जेठ, काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भएर पनि हाजिर हुन नगएका चार सय कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।हालै स्वास्थ्य तथा जनसंख्यामन्त्रीले यस्तो निर्णय गरेका हुन्। निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई चेतावनी पत्र पठाइसकिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख क्रषि आचार्यले बताए। उनका अनुसार बुधबार सबैजसो यस्ता कर्मचारीलाई चेतावनी पत्र पठाइएको छ।

सम्बन्धित अस्पतालमा तीन दिनभित्र हाजिर नगरेमा मन्त्रालय फिर्ता ल्याइने र सेवासुविधावातपको रकम असुलउपर गरिनेलगायतका विषय उल्लेख गरी पत्र पठाइएको प्रशासन विभागका अधिकृत विनोद ढकालले बताए। संघीय अस्पतालहरूमा सरुवा भएका कर्मचारीले रमाना नलिने, हाजिर गरेपछि अध्ययन बिदा या काजबिदा लिएर राजधानीका विभिन्न अस्पतालमा थुप्रिने प्रवृत्तिले दुर्गम तथा उपत्यकाभित्र र बाहिरका संघीय अस्पतालहरूमा सेवा प्रवाहमा कठिनाइ परेको ढकालले बताए। उनले भने, ‘आज मात्र शुक्रराज अस्पतालबाट रेडियोलोजिस्ट नभएको गुनासो आएको छ।’ अस्पतालहरूबाट धेरै गुनासो आएपछि दोस्रो चरणको पत्र पठाइएको ढकालले बताए।

काठमाडौंको कान्ति बाल र शुक्रराज ट्रपिकलमा भएका कर्मचारी पनि नजिककै संघीय अस्पतालमा काजमा जाने प्रवृत्तिले थप समस्या निम्तिएको प्रशासन विभागको भनाइ छ। दुर्गम र उपत्यका बाहिरका संघीय अस्पतालबाट काजमा आएका, अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मी तथा कर्मचारी धेरैजसो वीर अस्पताल र अन्य ठूला अस्पतालमा थुप्रिएको अधिकृत ढकालले बताए। ‘धेरैजसो वीरमै थुप्रिएका छन्’, उनले भने। सकेसम्म दुर्गममा जान नमान्ने र गए पनि ६ बर्से लामो अध्ययन बिदा या काजमा आई राजधानीमा थुप्रिँदा अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न कठिन परेको गुनासो आउने गरेको उनले बताए।

अधिकृत ढकालका अनुसार सबै स्वास्थ्य कर्मचारी राजधानीमा थुप्रिँदा कतै कर्मचारी अपुग भएर सेवा नै प्रभावित हुने गरेको छ। ‘कुनै अस्पतालमा शल्यक्रिया गर्ने चिकित्सक नै राजधानी आएर बसिदिएपछि शल्यक्रिया सेवा नै प्रभावित भएको हुन्छ’, उनले भने। दुर्गममा खटाइएको स्वास्थ्यकर्मी रमाना गर्नेबित्तिकै हाजिर गर्ने र केही समय बसेपछि तुरुन्तै अध्ययन बिदामा बस्दा जनशक्तिको कमी हुने समस्या जारी रहेको उनले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पत्र पाएपछि कार्यान्वयन नगर्ने कर्मचारीलाई कारबाही गरिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दो, ६३ जना विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
रास्वपा केन्द्रिय समितिको बैठक बस्दैँ
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ
विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ