रवि लामिछाने आज रिहा हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
रवि लामिछाने आज रिहा हुँदै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) रिहा हुने भएका छन् ।
  • उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो ।
  • आदेश जारी भए पनि कागजी प्रक्रिया पूरा नभएकाले उनी हिजो थुनामुक्त भएका थिएनन् ।

३ पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । आदेश जारी भए पनि कागजी प्रक्रिया पूरा नभएकाले उनी हिजो थुनामुक्त भएका थिएनन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले उनी हिजो रिहा नभएका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीन सर्तसहित रिहा गर्न आदेश दिएको थियो । आदेशमा बिगोको हकमा दायित्व सिर्जना भएमा तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ । उक्त आदेशअनुसार आवश्यक कागज गराएपछि मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालत प्रशासनले जनाएको छ । उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानत प्रमाणीकरण, सनाखतलगायतका प्रक्रिया पूरा गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
अदालतको आदेशपछि अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
इटहरी उपमहानगर कार्यालयमा जेन–जी प्रदर्शनकारीद्वारा आगजनी
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो