जसपा–लोसपा एकीकरणपछि सर्लाहीका १५ नेता केन्द्रीय समितिमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
४३३ पटक हेरिएको
Shares
जसपा–लोसपा एकीकरणपछि सर्लाहीका १५ नेता केन्द्रीय समितिमा

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकीकरणपछि जसपा, नेपालले गठन गरिएको २७९ सदस्यीय केन्द्रीय समितिमा सर्लाहीका १५ जना नेताले स्थान पाएका छन्।
  • जिल्लाबाट तीन पदाधिकारीसहित १५ जना नेता केन्द्रीय समितिमा समेटिएका हुन्।
  • पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार सर्लाहीका रामप्रकाश चौधरी उपमहासचिवमा मनोनीत भएका छन्।

३१ साउन, सर्लाही ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकीकरणपछि जसपा, नेपालले गठन गरिएको २७९ सदस्यीय केन्द्रीय समितिमा सर्लाहीका १५ जना नेताले स्थान पाएका छन्। जिल्लाबाट तीन पदाधिकारीसहित १५ जना नेता केन्द्रीय समितिमा समेटिएका हुन्। पार्टीले सार्वजनिक गरेको नामावलीअनुसार सर्लाहीका रामप्रकाश चौधरी उपमहासचिवमा मनोनीत भएका छन्। त्यसैगरी उपेन्द्र महतो र रामप्रवेश बैठा सचिवको जिम्मेवारीमा चयन भएका छन्।

केन्द्रीय सदस्यमा जयप्रकाश यादव (जेपी), देवेन्द्र यादव, पल्टन ठाकुर हजाम, पेशल ढकाल, पंचराम तामाङ, मिना यादव, रामेश्वर राय, रामप्रसाद राय यादव, सुनैना चौधरी, सुधिर कुमार यादव, संजय पासवान र संजय कुमार यादव मनोनीत भएका छन्। जसपा–लोसपा एकीकरणपछि पार्टीले नयाँ संरचनालाई औपचारिकता दिँदै केन्द्रीय समिति विस्तार गरेको हो। नवगठित समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यस्तै शरतसिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेताको भूमिकामा छन्। पार्टीले ३३ पदाधिकारीसहित २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु