Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
११९ पटक हेरिएको
Shares
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा

सारांश

  • सुनसरीको धरानमा रहेको बराह सहकारीमा १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना भएको भन्दै जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ ।
  • धरानस्थित बराह बचत तथा ऋण सहकारीको रकम बराह ग्रुपअन्तर्गतका २५ वटा कम्पनीमार्फत सो रकम हिनामिना भएको भन्दै मुद्दा  दर्ता भएको हो ।
  • जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा बराह सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना र अपचलन भएको उल्लेख ।

 

१९ फागुन,  विराटनगर । सुनसरीको धरानमा रहेको बराह सहकारीमा १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना भएको भन्दै जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ ।धरानस्थित बराह बचत तथा ऋण सहकारीको रकम बराह ग्रुपअन्तर्गतका २५ वटा कम्पनीमार्फत सो रकम हिनामिना भएको भन्दै मुद्दा  दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले जिल्ला अदालतमा बुझाएको अभियोगपत्रमा बराह सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना र अपचलन भएको उल्लेख ।

अभियोग पत्रमा सहकारीका अध्यक्ष शिवकुमार विश्वकर्माबाट ले ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा शिवकुमारले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६, उनकी आमा स्व. विष्णुमाया विश्वकर्माबाट ७१ करोड बढी रकम असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ । यस्तै, मन्दिरा लामिछानेले १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय, मानबहादुर विश्वकर्माले १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७, हरिकुमार धमाल (विश्वकर्मा)ले ३७ करोड ६१ लाख २४ हजार ३२८, प्रकाश लामगादेले ४८ करोड १८ लाख ८९ हजार ८९ र शुभराज खातीले ४३ करोड ७१ लाख ८१ हजार ८२७ हिनामिना गरेकाले असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।

अभियोग पत्रअनुसार ४ हजार १६८ शेयर सदस्य को रकम हिना मिना गरिएको उल्लेख छ । यस अघि पीडितहरुले आफुहरुको भएको ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रकम फिर्ता माग गर्दै किटानी जाहेरी दिएका छन् । बचतकर्ताको रकम हिना मिना गरेको आरोपमा प्रहरीले यस अघि नै मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फुलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, श्रीमान महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र बिक्रम गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न २५ वटा कम्पनीले ९ अर्ब ६२ करोड ५८ लाख २६ हजार ९७३ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख थियो ।

प्रज्वल अधिकारी शर्माको संयोजकत्वमा छानबिन समिति बनाइएको ।अभियोग पत्रमा विभिन्न २५ वटा कम्पनी मार्फत सन्चालकहरुले । अभियोग पत्रमा बराह ज्वेलरी, न्यूरोड पिपलबोट, बराह इण्डष्ट्रिज, बराह बचत तथा ऋण सहकारी संस्था लि. धरान, भद्रकाली सुनचाँदी पसल लाजिम्पाट, टाइम्स रेमिट प्रालि, गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रियल प्रालि नयाँ रोड पोखरा लगायतका कम्पनीहरू बराह ग्रुप मर्फत रकम हिनामिना गरेको उल्लेख छ । २०५२ सालमा धरानका लाहुरे परिवारलाई लक्षित गरेर इन्द्र लामिछाने (विश्वकर्मा) ले बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएको थियो । २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । २०७८ सालदेखि नै यो सहकारी आर्थिक संकटमा परेको थियो ।

सहकारीको बचत रकम ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पासबुकमार्फत् संकलित कूल बचत रकम भने १० अर्ब ५१ करोड १ लाख १२ हजार ४६७ रुपैयाँ रहेको र सहकारीको दायित्व रकम १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँको रहेको छानबिन समितिले ठहर गरेको छ । प्रतिवेदनले संचालकबाट असुलउपर गर्नुपर्ने रकम १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रहेको ठहर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, पक्राउ दुई
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै