जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

सारांश

  • उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
  • बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
  • उहाँले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

७ साउन, काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्नु जरुरी रहेको पनि उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नेपालको सांस्कृति एवं धार्मिक पहिचानको संरक्षणका लागि आफ्नो स्थानबाट सबैले सहयोग गर्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विवाह गर्दाखेरी विदेशतिरै गएर गर्ने चलन पनि रहेको छ । यसरी बाहिरबाट आएका जोडिहरुको विवाह गर्नको लागि पुराना पुराना धार्मिक स्थलहरु प्रयोग भएको पनि हामी सुन्दै आएका छौं । यो राम र सिताको विहे भएको थलोलाई विवाह गर्ने एउटा थलोको रुपमा विकसित गर्नको लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने कुरामा लाग्नुपर्छ ।’ धार्मिक महत्व बोकेको जनकपुरधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?