बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
९९ पटक हेरिएको
Shares
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

सारांश

  • बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।
  • जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।
  • सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो । सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो । मुलुकको एक प्रमुख व्यापारिक घरानाका सदस्य अरुण पक्राउ परेलगत्तै उनको मुद्दाको फाइल चाँडो बुझाउन प्रहरीमाथि दबाब बढेको थियो । त्यसपछि उनलाई ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो । राति त्यहाँबाट रिफर गरिएको भन्दै ग्राण्डी अस्पताल सारिएको थियो । अस्पतालबाट डिस्जार्चको विषय भने ‘चौधरी लगायतको निजी विषय’ भएको एसपी अधिकारीले बताए ।

अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले बताए । मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ । अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाडेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी